धनगढी । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अहिले वेस्ट इन्डिजसँग खेल्दैछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुँदैछ ।
समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ । नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ ।
नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । खेलअघि शनिबार भएको प्रि-म्याच प्रेस कन्फेरेन्समा नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिज धेरै राम्रो टिम भएको र धेरै राम्रो खेल प्रदर्शन गर्नुपर्ने बताएका छन् ।
उनले भने ‘अब बाँकी दुई खेल जित्नेबारेमा नै सोच्नुपर्छ, नत्र त झोला प्याक गरेर घर फर्किनेबाहेक विकल्प छैन ।’