धनगढी। प्रतिनिधिसभा सदस्य चयनका लागि हुन लागेकाे १६५ क्षेत्रकाे निर्वाचन मध्ये सुदूरपश्चिम प्रदेशमा १६ सिट पर्दछन । निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा १८८ जना उम्मेदवारमध्ये ठुला भनिएका दलबाट महिला उम्मेदवार दुई जना मात्र रहेका छन् ।
सुदूरपश्चिमका सात वटा निर्वाचन क्षेत्रमा पुरुष मात्रै उम्मेदवार छन् । यहाँका बाजुरा, अछाम–१, अछाम–२, बझाङ, दार्चुला, बैतडी र डडेलधुरामा महिला उम्मेदवार छैनन् ।
बाजुरामा ८ जना, अछाम–१ मा ८ जना, अछाम–२ मा ९ जना, बझाङमा ७ जना, दार्चुलामा ११ जना, बैतडीमा ११ जना र डडेलधुरामा १३ जना उम्मेदवार छन् । उनीहरू सबै दलीय र पुरुष उम्मेदवार हुन् ।
यसैमा पनि काँग्रेस एमाले जस्ता ठूला पार्टीबाट महिला उम्मेदबार शुन्य रहेका छनभने नेपाली कम्युनिस्ट पार्टीले बिना मगर (कञ्चनपुर-१) र राष्ट्रिय स्वतन्त्र पार्टीले कोमल ज्ञवाली (कैलाली–१) बाट उम्मेदवार छन् ।