टी-२० विश्वकपमा आज नेपाल इग्ल्याण्डसँग भिड्दै

आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आइतबार खेल्दै छ । खेल मुम्बैइकाे वाङ्खडे स्टेडियमा दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ ।

 यसअघि दुई पटक बिश्व कपकाे चेम्पियन र आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्ड उपधिकाे बलियाे दाबेदार हाे । तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.