बैतडी बस दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक अन्त्येष्टि

बझाङ। बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँको मोडमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका बझाङको बित्थडचिर गाउँपालिका–७ का आठ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।

उक्त दुर्घटनामा १३ जनाको ज्यान गएको थियो। मृतकमध्ये बित्थडचिर–७ लगुणासाका चार जना सहोदर दाजुभाइ र चार जना बाबु–छोरासहित एक आफन्तको निधन भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेमा सहोदर दाजुभाइ नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, बाबु–छोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दिपकराज जोशी रहेका छन्।

एकै गाउँका आठ जनाको एकसाथ अन्त्येष्टि गरिएको छ। मृतकका परिवार, आफन्त तथा स्थानीयवासीहरू शोकाकुल बनेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.