धनगढीको जङ्गलमा डडेल्धुराका युवा मृत अवस्थामा फेला

धनगढी। धनगढीको जङ्गलमा एक जना मृत अवस्थामा फेला परेका छन् । डडेलधुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्दराज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्।

धनगढी–उपमहानगरपालिका–१३ राजपुर स्थित मार्केटिङमा काम गर्ने जोशी माघ १९ गते बेपत्ता भएका थिए । उनका आफन्त र प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार करिब ५ बजे कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको देवरिया वनस्पति उद्यानको पछाडि जङ्गलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.