खेत पाखामा हिउँ परेपछि किसान खुसी

बैतडी । लामो समयदेखि वर्षा नहुँदा हैरानी खेपिरहेका बैतडीसहित सुदूरपश्चिमका पहडमा शुक्रबार भएको वर्षा र हिमपातले किसानलाई ठुलो राहत पुगेको छ । लगाएकाे खेतिपाती खडेरीले सुक्नै लाग्दा वर्षा भएपछि सर्वसाधारण र किसानमा खुसीयाली छाएको बैतडी सूर्नया गाउँका किसान देवसिंह ऐरीले जानकारी दिए ।

यहाँका सतबाँझ, खोड्पे, डोल्यामोड, अनारखोली, ग्वालेक, सिगासलगायतका क्षेत्रमा अधिक मात्रामा हिमपात भएको छ । यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–४ का किसान धर्मराज भट्टले करिब छ–सात महिनापछि परेको वर्षा र हिमपातले बालीनाली सप्रिने आशा पलाएको बताए । दार्चुला जिल्लाका अधिकांश भू–भागमा हिमपात भएको छ । 

शुक्रबार अपराह्नदेखि परेको वर्षा र हिमपातपछि किसानलाई खेतबारी खनजोत गर्न तथा आगामी बर्खे बाली लगाउन सहज हुने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । केन्द्रका अनुसार यसबाट हिउँदे बालीलाई ठुलो लाभ पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.