गोदावरीकाे मजगाउँमा माघ महोत्सव आयोजना हुने

धनगढी। कैलालीको गोदावरी नगरपालिका –८ स्थित मजगाउँमा गोदावरी नगरस्तरीय माघ महोत्सव आयोजना हुने भएको छ । थारू समुदायको नयाँ वर्ष एवम् सबैभन्दा ठुलो पर्व माघको अवसरमा माघ १२ देखि १४ गतेसम्म मजगाउँ थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो ।

थारू कला, संस्कृति, भेषभूषा, स्थानीय खानाका परिकार, कृषि लगायतको संरक्षण एवम् प्रवर्धन गर्ने उद्देश्यले माघ महोत्सव आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यू खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा हुने महोत्सवमा स्थानीय साँस्कृतिक झाँकीका साथै थारू कलाकारहरुको प्रस्तुति रहने बताइएकाे छ । 

गोदावरी नगरपालिकाकोे स्थायी बसोबासी थारू समुदायका राष्ट्रसेवक कर्मचारीलाई सम्मान लगायतका कार्यक्रम हुने जनाइएको छ । यसबाट लोकसंस्कृति संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीयमा जनचेतनाको विकास हुने महोत्सव आयोजक मूल समितिका संयोजक जनकलाल चौधरीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.