धनगढी । कैलालीको गोदावरीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–५ गेटाको भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको श्री बिद्याभुषण पब्लिक स्कुलको बसको ठक्करबाट स्थानीय १३ वर्षीय अनुप महराको मृत्यु भएको हो ।
शनिबार बसको ठक्करबाट गम्भिर घाइते भएका अनुपको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय पतिराम डगौरा र से १ क ११८२ नम्बरको बस नियन्त्रणमा रहेको जनाएको छ ।