डडेल्धुराको हगुल्टेमा अटोरिक्सा दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

डडेलधुरा। सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधवार राती अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको हो। घाइते वीर बहादुर कुँवरको उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम बहादुर नायकले जानकारी दिए ।

उनका अनुसार कैलालीको अत्तरियाबाट डोटीतर्फ गाई रहेको अटो रिक्सा बुधवार राती करिब ९ बजे तिर दुर्घटना भएको हो । अटोमा तीन जना मात्रै सवार रहेका थिए । दुर्घटनाको कारण भने खुलेको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.