काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताका सन्दर्भमा भएको छलफलका क्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने उल्लेख गरे ।
उनले देशमा आर्थिक संकटको कुरा चलिरहेका बेला सामाजिक सुरक्षा भत्ता कटौती नहुने बरु सरकारले मितव्ययी ढंगले काम गर्ने जानकारी दिए । आर्थिक गतिविधि कम भएका कारण नै राजस्वमा कमी भएको बताउँदै अब पुँजीगत खर्च प्रभावकारी बनाउने, मौद्रिक नीतिबाट समेत ब्याज घटाउने बित्तिकै राजस्वको आधार फराकिलो हुने उनले बताए ।
यो आधारबाट राजस्व बढाउने अवस्थामा पुग्ने उनकाे भनाईछ ।