भूकम्पमा परेकाको उद्दार र उपचारमा लाग्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भूकम्पमा परेकाको उद्दार र उपचारमा खटिन सबैमा आग्रह गरेका छन् । सुदूरपश्चिम र आसपास गरि हिजो रति पटकपटक गएको भूकम्पले पुराएको क्षतिको विवरण आउन थालेपछि मुख्यमन्त्री भट्टले सम्बधित क्षेत्रका सरोकारवाला निकायलाई यस्तो आग्रह गरेका हुन ।

मुख्यमन्त्री भट्टले प्रहरीका डीआजी तथा सुदूरपश्चिम प्रमुख प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई सम्पर्क गरेर प्रदेश सरकार आबश्यक सहयाेग गर्न तयार रहेकाेले उद्दार तथा उपचारमा तदारुकता देखाउन आग्रह गरेकाे मुख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँवर (प्रख्यात)ले जानकारी दिए ।

सुदूरपश्चिममा पाँच घण्टामा ६ पटक भूकम्पको धक्का महशुस भएको बताइएको छ ।डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय साना गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार पूर्वी चौकी गाउँपालिका  ३ गैरा गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया बगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहरा रहेका छन् ।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिए । भूकम्पले सो गाउँका ८ घरमा पूर्ण रूपमा क्षति गरेको उनले बताए । घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.